सन्दीपविरुद्ध इन्टरपोलद्वारा नोटिस जारी

सन्दीपविरुद्ध इन्टरपोलद्वारा नोटिस जारी

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका १३५ देशले सन्दीप आफ्नो देशमा भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने छन् ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियन लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।

एक हप्ता अगाडि नै नेपाल फर्किएर कानुनी लडाईं लड्ने घोषणा गरेका उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन । हिजोमात्रै उनले फेसबुकमा लामो र भावुक स्टाटस लेख्दै बिरामी परेर आइसोलेसनमा रहेको बताएका थिए ।

टिप्पणीहरू