दिल्लीभन्दा धनगढी किन दूर ?

दिल्लीभन्दा धनगढी किन दूर ?

छिमेकी मुलुकमा यात्रा गर्नभन्दा पनि आफ्नै मुलुकभित्र यात्रा गर्न बढी हवाईभाडा तिर्नुपर्ने कुराले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ । नेपालभित्रै यात्रा गर्न भारत गएभन्दा पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । झन् दशैं लागेपछि त एयरलायन्सहरुले लिने भाडा ह्वात्तै आकाशिएको बताइन्छ ।

अहिले काठमाडौंबाट धनगढी जानका लागि १७ हजार २५ रुपैयाँ निर्धारण गरिएको छ । बिहान ७ बजेर ५५ मीनेटको श्री एयरलायन्सको फ्लाइटबाट यात्रा गर्दा यात्रुले त्यति शुल्क तिर्नुपर्ने हुन्छ । बिहानको समयमा काठमाडौंबाट धनगढी पुग्न ५० मीनेट लाग्छ ।

त्यस्तै,बुद्ध एयरबाट बिहान ८ बजे यात्रा गर्न चाहनेका निम्ति पनि उति नै शुल्क तोकिएको छ । काठमाडौंबाट धनगढी जानका लागि १ घण्टा ५ मीनेट लाग्छ । यता, सौर्य एयरलायन्सबाट ११ बजेर ५ मीनेटदेखि ११ बजेर ५५ मीनेटसम्म यात्रा गर्दा यात्रुले १७ हजार २५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

जबकि नेपाल एयरलायन्सबाट बिहान ८ बजे दिल्ली जान १६ हजार ४६६ रुपैयाँ लाग्छ । दिउँसो १ बजेर २५ मीनेटको फ्लाइटका लागि जम्मा १४ हजार ४६७ रुपैयाँ तोकिएको छ । भिस्ताराले भने साँझ ५ बजेको फ्लाइटका निम्ति १६ हजार निर्धारण गरेको छ ।

टिप्पणीहरू