भाेलिकाे खेलमा किरण कप्तानकाे भूमिकामा

भाेलिकाे खेलमा किरण कप्तानकाे भूमिकामा

किरण चेम्जोङले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कप्तानीको भूमिका निर्वाह गर्ने भएका छन् । आज अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरणले कप्तानी गर्ने बताइएको छ ।

भोलि साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । प्रिम्याच कन्फरेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित थिए ।

पछिल्लो पटक किरणले दशरथ रंगशालामै मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किएपछि उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे ।

टिप्पणीहरू