बेनीघाटमा १३ किलो गाँजा बरामद, एक जना पक्राउ

बेनीघाटमा १३ किलो गाँजा बरामद, एक जना पक्राउ

धादिङमा गाँजासहित एक युवक पक्राउ परेका छन् । आज दिउँसो बेनीघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटबाट गाँजासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुवी भ्याली गाउँपालिका–७ का २९ वर्षीय धनबहादुर गुरुङ हुन् । जोगिमाराबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १३ केजी गाँजा बरामद गरेको बताइएको छ ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

टिप्पणीहरू