घटस्थापनाको दिन बस चालकलाई फूलको माला

घटस्थापनाको दिन बस चालकलाई फूलको माला

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई फूलमाला लगाएको छ । ट्राफिकले चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने गाडीका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको सन्देश दिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले बताए ।दशैं मनाउन उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर गाडी चलाउन आवश्यक रहेकाले चालकलाई हौसला दिन फूलमाला लगाइएको प्रहरी नायव उपरीक्षक रोकाले जानकारी दिए ।

टिप्पणीहरू