हवाई दुर्घटनमा ६ पाकिस्तानी सैनिकको मृत्यु

हवाई दुर्घटनमा ६ पाकिस्तानी सैनिकको मृत्यु

विमानमा दुर्घटनामा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानमा गएराति भएको सैन्य विमान दुर्घटनामा दुई पाइलटसहित छ सैनिकको ज्यान गएको हो ।

यसअघि बलुचिस्तान प्रान्तमा अगष्ट १ मा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक लेफ्टिनेन्ट जनरलसहित छ जनाको मृत्यु भएको थियो । उक्त घटना भएको दुई महिना नपुग्दै अर्को विमान दुर्घटना भएको हो । पाकिस्तानी सेनाले खराब मौसमका कारण विमान दुर्घटना भएको जनाएको छ ।

टिप्पणीहरू