नेपाल वायुसेवाको अनलाइन टिकट बुकिङ्ग शुरु

नेपाल वायुसेवाको अनलाइन टिकट बुकिङ्ग शुरु

नेपाल वायुसेवा निगमले आजदेखि अन्तर्राष्ट्रिय क्षेत्रको उडानका निम्ति अनलाइन प्रणाली मार्फत् टिकट बुकिङ्ग खुल्ला गरेको छ । निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय क्षेत्रमा अनलाइन प्रणालीमार्फत् टिकट बुकिङको थालनी गरेको बताइन्छ ।

यसबाट यात्रुले विश्वको जुनसुकै ठाउँबाट टिकट बुकिङ्ग गर्न सक्ने भएका छन् । यात्रुले निगमको वेवसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्छन् ।निगमले हाल नयाँ दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा दिँदै आएको छ । अनलाइन प्रणाली मार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।

टिप्पणीहरू