शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता तत्काल त्याग्न निर्देशन

शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता तत्काल त्याग्न निर्देशन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टीको सदस्यता त्याग्न निर्देशन दिएको छ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए तत्काल त्याग्न नगरपालिकाले भनेको छ ।

साथै, सामाजिक सञ्जालमा कुनै पनि विषयमा नकारात्मक टिकाटिप्पणी तथा स्टाट्स लेखनमा पनि नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाको हाले बसेको १३१ औं कार्यपालिका बैठकले विद्यालयलाई राजनीतिबाट मुक्त गर्न यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

यो निर्णयले शिक्षकको पेशागत कार्यशैलीमा सुधार हुने उनको भनाइ छ । शिक्षकहरु राजनीतिमा लाग्दा विद्यार्थीको पठनपाठनमा असर पारेको नगरपालिकाको ठहर छ । विद्यालयमा पठनपाठनको स्वच्छ वातावरण बनाउन निर्णयले सहयोग पुर्याउनेमा नगरपालिका विश्वस्त रहेको बताइन्छ ।

कार्यरत शिक्षक/कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने व्यवस्था छ । कसैले उक्त नियम उल्लंघन गरे कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू