यता छाउपडी,उता पूजापाठ र आरती

यता छाउपडी,उता पूजापाठ र आरती

कन्या पहिलो पटक रजश्वला भएपछि मनाइने धार्मिक विधि स्थानपिच्छे फरक छ । नेपालमा विशेषगरी सुदूर पश्चिम भेगका हिन्दू महिलालाई रजश्वला हुँदा छाउपडी मनाउन बाध्य पारिन्छ ।

त्यसैगरी मासिक धर्म र सुत्केरी हुँदा पनि घरभन्दा टाढाको गोठमा बनाइएको छाउपडीस्थलमा राख्ने चलन छ ।

तर भारतको केरला प्रदेशमा कन्या पहिलो पटक रजश्वला हुँदा त्यसलाई उत्सवको रुपमा मनाउने गरिएको छ । त्यसरी पहिलो पटक कन्या रजश्वला भएपछि उनको परम्परागत पूजा गरेर औपचारिक रुपमा ‘नारी’ भएकोमा बधाई दिने गरिन्छ ।

यसले हिन्दू धर्मको अपब्याख्या गरी छाउपडीका हिमायतीलाई पाठ सिकाएको धेरैले बताएका छन् । छाउपडीलाई कुप्रथा मानिन्छ । यो कुनै धर्म वा संस्कार नभएकाले यसलाई सामाजिक विकृतिको रूपमा बहिष्कार गर्नुपर्ने मान्यता बढ्दै गएको छ ।

फोटो साभार : गोपाल पाल्पाली आचार्यको फेसबुक

टिप्पणीहरू