टिकटका लागि देउवालाई दबाब दिन शेखरहरुको छुट्टै बैठक

टिकटका लागि देउवालाई दबाब दिन शेखरहरुको छुट्टै बैठक

समानुपातिकको बन्दसूचीमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् । ठमेलको होटल यात्रीमा पूर्वसांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा अहिले बैठक बसिरहेको छ ।

संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा मनोमानी गरेको भन्दै कोइराला खेमा रुष्ट छ । निर्वाचन आयोगमा बुझाएको उक्त सूची सच्याउन माग गर्दै निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेको सो समूहले आज पनि छुट्टै भेला गरेको हो ।

असन्तुष्ट समूहका नेताहरुले असोज १६ गतेसम्म बन्दसूची हेरफेर नभए विद्रोह गर्ने चेतावनीसमेत दिँदै आएका छन् । संस्थापनले सम्मानजनक व्यवहार नगरे चुनावमा असहयोग गर्नेदेखि बहिष्कारसम्मको योजना बनाएको शेखर समूहले त्यसैमा छलफल केन्द्रित गरेको बताइन्छ ।

टिप्पणीहरू