राष्ट्रपति र प्रधानसेनापतिबीच दुई घण्टा भलाकुसारी

राष्ट्रपति र प्रधानसेनापतिबीच दुई घण्टा भलाकुसारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति प्रभुराम शर्माले आज शिष्टाचार भेट गर्नुभएको छ । शर्माले दिउँसो सवा ३ बजेदेखि झण्डै दुई घण्टा शीतल निवासमा भेट गर्नुभएको हो ।

सेनापतिले राष्ट्रपति भण्डारीसँग गर्नुभएको भेटवार्ताको विस्तृत विवरण सार्वजनिक भएको छैन । तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थिति,आगामी चुनावमा सेना परिचालन,भोलिदेखि फेरि लागि हुने पृतना संरचना र गत साता सैनिक मुख्यालय, भद्रकालीमा भएको चार वटै सुरक्षा अंगका प्रमुखहरुबीचको छलफल र कुराकानीको विषयलाई सबैले चासो दिइरहेको सन्दर्भमा भएको आजको भेटघाटलाई राजनीतिक क्षेत्रले अर्थपूर्ण ठानेको छ ।

टिप्पणीहरू