आचारसंहिता नलाग्दै पाँच सचिव यताउता

आचारसंहिता नलाग्दै पाँच सचिव यताउता

निर्वाचन आयोगले आचारसंहिता जारी गर्नै लाग्दा सरकारले थप पाँच सचिवको जिम्मेवारी फेरबदल गरेको छ । गत शुक्रवार बसेको क्याबिनेट बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित दुई मन्त्रालयका सचिव सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा लगिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतम अतिरिक्तका रुपमा प्रधानमन्त्री कार्यालय तानिएका छन् ।

त्यस्तै, केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

कानुनका उदयराज सापकोटालाई रिक्त रहेको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ । यद्यपि कानुनतर्फको हकमा प्रस्ताव म्याचुअर्ड हुन बाँकी रहेको बताइएको छ ।

टिप्पणीहरू