आजदेखि सेनाको कमाण्ड पृतनामा झर्यो

आजदेखि सेनाको कमाण्ड पृतनामा झर्यो

आज घटस्थापनको दिनदेखि सेनाको सांगठानिक संरचना पुनः पुरानै अवस्थामा फर्किने भएको छ । आठ वटा पृतनालाई विघटन गरेर चार वटा कमाण्ड बनाएका यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको उक्त कार्यले गति नलिँदै आजदेखि औपचारिक रुपमा बिसर्जन हुन लागेको हो ।

‘सेनाको संरचना पुरानैमा फर्केको छ,आजदेखि कार्यान्वयनमा आउँछ,’ सेनाका एक जना तीन तारे जर्नेलले भने, ‘अब कमाण्डको भूमिका रहँदैन,पहिलेझैँ आठ वटा पृतनाले काम गर्छ ।’ अब अन्य निकायसँगको समन्वय पनि स्थानीय रुपमा पृतनाले नै गर्ने बताइएको छ ।

थापाको उक्त योजनालाई महत्वाकांक्षीको संज्ञा दिँदै उनै जर्नेलले भने,‘एक वर्षमै तुहियो उनको काम । आफैं सर्वेसर्वा भएर गरिएको अव्यवहारिक निर्णयको हालत यस्तै हुन्छ ।

“हेटौंडामा रहेकालाई भक्तपुरको खरिपाटी,धनकुटाकामा रहेकालाई इटहरी र इटहरीकालाई धनकुटा पुर्याइयो । उता बागलुङको बाहिनी मुस्ताङ गयो भने मुस्ताङको टोलीले बागलुङ झर्नु परेको थियो । अहिले पुरानै अवस्थामा सैन्य संरचना बनाउँदा हेटौंडाकालाई बारा पुर्याउन परेको छ । ‘यी सबै कार्यमा राज्यको अरबौं खर्च हुँदाको जिम्मेवारी कसले लिने ?’

हुँदाखाँदाको सैन्य संरचना भत्काउँदा भित्रका धेरै जनाको भविश्य बिग्रिएको गुनासो छ । उक्त निर्णयबाट संस्थालाई सपार्ने भन्दा बिगार्ने काम ज्यादा भएको बताउनेहरु प्रशस्त भेटिएका छन् । पृतनालाई कमाण्ड शैलीमा खुम्च्याउँदा धेरैले जागिरबाट हात धुनुपरेको थियो । त्यसमा राज्यले पनि अनावश्यक रुपमा अरबौं खर्चेको आरोप लागेको छ ।

आठ वटा पृतनालाई चार वटा कमाण्डमा सीमित बनाएपछि अवसर र वृत्ति विकास खुम्चिनु स्वाभाविक थियो । सोही कारण त्यतिबेला कतिपयको अकस्मात सरुवा भयो । कार्यालयहरु सबै परिवर्तन भए । पृतनाका भौतिक संरचना र त्यसभित्रका सामानको हालत लथालिङ्ग हुन पुग्यो ।

झण्डै नौ सयको संख्यामा रहेको गणलाई घटाएर प्रत्येकमा साढे छ सय बनाएपछि सैनिकहरुको वृत्तिविकास छ्याल्लब्याल्ल भएको आरोप त्यतिबेलै लागेको थियो । त्यसो हुँदा धेरै होनहार जनशक्तिको बेहाल भएको सैन्य स्रोतको दाबी छ । त्यस्तो अवस्थामा धेरैले जागिर छाडेका थिए ।कतिपय बढुवाको मुखमा पुगेकाले जागिर छाड्नुपर्ने अवस्था बनेको थियो भने बढुवा हुने बेलै नभएकाले अवसर पाएको बताइन्छ । पृतना हटाएर कमाण्ड शुरु गरेका कारण पृतनाका जनशक्तिले भविश्य नदेखेपछि जागिर छाडेका हुन् ।

त्यतिबेला पृतनाको जनशक्ति एकाएक सरुवा हुँदा भ्रमण भत्ता र यातायातमा करोडौं खर्च भयो । हेटौंडामा रहेकालाई भक्तपुरको खरिपाटी,धनकुटाकामा रहेकालाई इटहरी र इटहरीकालाई धनकुटा पुर्याइयो । उता बागलुङको बाहिनी मुस्ताङ गयो भने मुस्ताङको टोलीले बागलुङ झर्नु परेको थियो । अहिले पुरानै अवस्थामा सैन्य संरचना बनाउँदा हेटौंडाकालाई बारा पुर्याउन परेको छ । ‘यी सबै कार्यमा राज्यको अरबौं खर्च हुँदाको जिम्मेवारी कसले लिने ?’ नाम नबताउने शर्तमा तत्कालीन सैनिक सचिवालयका एक जना महासेनानीले प्रश्न गरे ।

टिप्पणीहरू