टीकाको दिनबाहेक अध्यागमनका कर्मचारीले छुट्टी नपाउने

टीकाको दिनबाहेक अध्यागमनका कर्मचारीले छुट्टी नपाउने

अध्यागमन विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंको समयमा पनि खुला रहने भएको छ । टीकाको दिनबाहेक अन्य समयमा शाखा खुला रहने विभागले जानकारी गराएको हो ।

उसले सूचना जारी गरेर असोज १९ गतेबाहेक बडा दशैंको अन्य बिदाका दिन बिहान ११ देखि १ बजेसम्म सेवा प्रवाह गरिने बताएको छ । ‘विजया दशमीको दिन असोज १९ गते (अक्टोबर ५) का दिनबाहेक बडादशैंका अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि दिँउसो १ बजेसम्म सेवा प्रवाह गर्ने’, सूचनामा भनिएको छ ।

त्यस्तै, तिहारमा पनि भाइटीकाको दिनबाहेक अन्य बिदाका दिनमा बिहान ११ देखि दिँउसो १ बजेसम्म शाखा खुला रहने विभागले जनाएको छ । सरकारले दशैं मनाउनका लागि असोज १६ देखि २१ गतेसम्म सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू