व्याकुल माइलालाई हरेक महिना डबल भत्ता

व्याकुल माइलालाई हरेक महिना डबल भत्ता

अस्ति बसेको क्याबिनेट बैठकले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता दिन लागेको छ । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई मासिक भत्ता दिनेबारे जानकारी गराउनुभएको हो ।

त्यस्तै,दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । एशियामा हुन लागेको तेस्रो प्रधानमन्त्रीस्तरीय कन्फरेन्समा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई स्वीकृति दिने निर्णय भएको छ भने राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरिएको छ ।

क्यानाडाको ओटावामा आगामी असोज १९ देखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई स्वीकृति दिने र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आ.व. २०७९–८० का लागि राजपत्राङ्कित स्तरका पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने बताइएको छ ।

प्राइभेट फर्म रजिष्ट्रेशन (चौधौ संशोधन) नियमावली, २०७९ लाई स्वीकृत गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिनेलगायतको निर्णय भएको छ ।

टिप्पणीहरू