आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संकमण पुष्टि भएको हो ।

१२ सय छ जनामा गरिएको पीसीआर परीक्षणमा ४० जना र १८ सय १८ जनामा गरिएको एन्टीजेन परीक्षणमा ११ जनामा कोरोना देखिएको छ । यो अवधिमा १०० जना कोरोना संक्रमित निको भएका छन् ।

आजको अपडेटसँगै नेपालमा १२ सय २३ जना सक्रिय संक्रमित छन् । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू