आफन्त नै बने आफन्तको काल

आफन्त नै बने आफन्तको काल

११ चैत २०७६ देखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न देशैभरि लकडाउन घोषणा भयो । लकडाउनपछि समाजिक र आर्थिक गतिबिधि अन्यमा झै प्रदेश नं १ मा पनि ठप्प भयो । यही लकडाउनको समयमा भने प्रदेश नं १ मा एक दर्जन जघन्य हत्या अपराधका घटनाहरु पनि भए । घटेका सबै हत्या अपराधका घटना आफन्तहरुबाटै भए । कतै श्रीमानले श्रीमती त कतै श्रीमतीले श्रीमानको हत्या गरे । कतै छोराले बाबु आमा त कतै छोराले बाबुको हत्या गरे । अति कतै सालाले भिनाजुको कत कतै छोरीबाट बाबुको हत्या भयो । अनि कतै समान्य निहुँमा साथीबाट साथीको हत्या भयो । प्रस्तुत छ लकडाउनमा प्रदेश नं १ मा भएका एक दर्जन हत्या अपराधका घटना जसमा आफन्त नै आफन्तको काल बनेका थिए ।

अपराध ( १) : मोरङमा छोराहरुले गरे बाबुको हत्या

विराटनगर महानगरपालिका – १४ झडियारिमा बस्दै आएका ६९ बर्र्षीय सत्यराम भनिने सिताराम चौहानको उनकै दुई जना छोराहरुले हत्या गरेका थिए । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्या गरेपछि उनीहरुले घरभित्रै खाल्डो खनेर बाबुलाई गाडेका थिए । हत्या आरोपमा मोरङ प्रहरीले जेठा छोरा २९ बर्र्षीय रोहित चौहान र माईला छोरा २६ बर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरेर मुद्दा दर्ता गराएको छ ।

अपराध (२) : विराटनगरमा श्रीमतीको योजनामा श्रीमानको हत्या

४ जेठ २०७७ राती सुनसरीको ईटहरी उपमहानगरपालिका स्थायी घर भई बिराटनगर महानगर मधुमारामा बस्दै आएका ३३ बर्षीय देवी प्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले योजना बनाएर घरभित्रै हत्या गराइन । देवी पाथीभरा फार्मेसीका सञ्चालक पति देवी प्रसाद सिराहको लहान घर भै बिराटनगर बस्दै आएका २१ बर्षीय ब्रहमदेव साह र सुनसरी ईटहरीका २० बर्षीय सोनु साहले ओछयानमै हत्या गरेका थिए ।सबैलाई प्रहरीले पक्राउ गरेर कर्तब्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको छ ।

अपराध (३) : सोलुखुम्बुमा छोराले आफनै बाबुको हत्या गरे

सोलुखुम्बु महाकुलुङ गाँउपालिका ४ का १९ बर्षीय कुवेर राईलाई आफनै बाबुको हत्या गरेको आरोपमा प्रहरीले ३० जेठमा पक्राउ गरेको छ । २९ जेठ बिहिबार बेलुका साढे ८ बजे घरायसी बिषयमा भएको बिबादलाई लिएर छोरा कुबेरले बाबु ५७ बर्षीय सन्तकुमार राईलाई आगो फुक्ने ढुंग्रोले घाटी टाउकोमा हानेर हत्या गरेका थिए । छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाबारे सोलुखुम्बु प्रहरीले शुक्रबार बिहान ७ बजे मात्र स्थानियबाट जानकारी पाएको थियो । हाल छोरा कुबेरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको सोलुखुम्ब प्रहरीले जनाएको छ ।

अपराध (४) : तेह्रथुममा छोराले गरे बाबु आमाको हत्या

तेह्रथुममा आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । घरायसी बिबादका कारण तेह्रथुमको फेदाप गाउँपालिका ९५ ईसिबु बस्ने २० बर्र्षीय कन्चन लिम्बुले ४२ बर्षीय बाबु रुप हादुर लिम्बु र ३५ बर्र्षीया आमा रुपेनी लिम्बुलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । बुवा खेतमा काम गर्न गएको बेला घर भित्र रहेकी आमालाइ छोरा कन्चनले बन्चरोले टाँउकोमा प्रहार गरी हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कदा आगाडी बुवालाई देखेपछी उनले फेरी त्यही बन्चरोले बुवालाई पनि काटेर हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाइ केहि समय भित्रै प्रहरीले पक्राउ गरेको थियो ।

अपराध ( ५) : मोरङमा आमाले गरिन् शिशुको हत्या

मोरङमा नवजात शिशुको हत्या गर्ने १ महिलालाई पक्राउ परेकी थिइन । अबैध सम्बन्धबाट गर्भ रहेपछी १७ चैत ३८ बर्र्षीया महिलाले बिकसित नवजात शिशुलाइ ट्याईलेटमा जन्मदिए पनी आफ्नो कर्तुत लुकाउन शिशुको हत्या गरी शवलाई खोलाको किनारमा फालेकी थिईन । अनुसन्धान थालेको मोरङ प्रहरीले हत्या आरोपमा महिलालाई २४ घण्टा भित्रै पक्राउ गरी घटना पृष्टि गराएको थियो ।

अपराध (६) : श्रीमतीले गरिन् श्रीमानको हत्या

खोटाङ र धनकुटामा आआफ्नो श्रीमानको हत्या गरी फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा छथरजोरपाटी पानीट्याङ्की बस्ने ४२ बर्र्षीया धनमाया लिम्बुले बिहानपख घरायसी विषयमा बादविबाद हुदा ४७ बर्षीय श्रीमान ईन्द्र बहादुर लिम्बुलाइ घरेलु हतियार तथा लाढीले टाँउकोमा प्रहार गरी हत्या गरेकी थिइन । त्यस्तै खोटाङ बाह्रपोखरीकी ५० बर्र्षीया मेनुका राईले आफ्नै श्रीमानको हत्या गरेकी थियन । बिहानको खाना खाएर बाहिर घाम तापेर बसिरहेको अवस्थामा घरायसी बिषयमा बादबिबाद हुदा मेनुकाले एक्कासी श्रीमानकुमार राईलाई खुकुरी प्रहार गरेर हत्या गरेकी थिइन ।

अपराध (७) : उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

उदयपुरको रौतामाई गाउँपालिकाबस्ने ५२ बर्र्षीय बिष्णु तामाङले आफ्नै श्रीमती४३ बर्षीया दिलमाया तामाङको हत्या गरेका थिए । मजदुरी काम गर्दै आएका दुबै जना बिच घरायसी समस्याका कारण झगडा भएपछि श्रीमान बिष्णुले श्रीमती दिलमायालाई खुर्पाले टाँउको र समबेदनशिल अंगमा प्रहार गरेर हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर फरार भएका बिष्णुलाई २४ घण्टा भित्रै प्रहरीले पक्राउ गरेको थियो ।

अपराध (८) : खोटाङमा सालाले गरे भिनाजुको हत्या

खोटाङको केपिलासगढीमा आफ्नै भिनाजुको हत्या गरी फरार दुईजना सालालाई प्रहरीले पक्राउ गरको थियो । खोटाङको केपिलासगढीमा बस्दै आएका २७ बर्र्षीय मिलन राई र उनका भाई २० बर्र्षीय जिवन राईले भिनाजु ४७ बर्र्षीय प्रितिलाल राईको हत्या गरेका थिए । कर्तब्य ज्यान कसुरमा १० बर्ष जेल सजाय भोगेर घर आएका मिलनले घरायसी बिबादकै कारण भिनाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । भिनाजुको हत्या गर्ने दुबै सालालाई प्रहरीले २४ घण्टा भित्रै पक्राउ गरी सार्बजनिक गरेको थियो ।

अपराध (९) : इलाममा छोरीले गरिन् बाबुको हत्या

इलामको देउमाई नगरपाकिला शान्तीडाँडामा २५ बर्र्षीया शुष्मा राईले आफ्नै बुबा ५१ बर्षीय फुल बहादुर राईको हत्या गरेकी थिइन । बुबाको हत्या गरी फरार रहेकी उनलाइ भनि ३ घण्टा भित्रै पक्राउ गरी सार्बजनिक गरेको थियो । ६ जेठ साँझ खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुन थालेपछी राती ११ बजे शुष्माले बुबा फुल बहादुरलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेकी थिइन । प्रहरीले छोरी शुष्मालाई घर नजिकै रहेको जंगलमा लुकीछिपी बसेको अवस्थामा बन्चरो सहित पक्राउ गरेको थियो । उनी १ बर्ष देखी माईती घरमानै बस्दै आएकी थिईन ।

अपराध ( १०) : सुनसरीमा साथीले गरे साथीको हत्या

सुनसरी ईटहरी उपमहानगरपालिकामा रक्सीखाँदा झगडा भएको निहुँमा साथीले आफनै साथीको हत्या गरेका छन । ईटहरी १९ का २८ बर्र्षीय रादन राईको हत्या गर्ने मोरङको कानेपोखरीका २० का बर्षीय प्रज्वल तामाङ, ईटहरीका १९ बर्षीय अभिषेक केसी र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बेलायतबाट बिदामा आएका साथी राखनलाई साथीको घरमा पार्टी खान बोलाएर साथीहरुले छुराप्रहार गरि हत्या गरेका थिए ।

अपराध (११) : बराहक्षेत्रमा बदलालिन छिमेकीको हत्या

सुनसरीको बराहक्षेमाबस्दै आएका ३७ बर्षीय कमल राईको छिमेकीहरुले हत्या गरेका थिए ।उनीहरुले छिमेकीको हत्या गरेर ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा फालिदिएका थिए । प्रहरीले कमलको हत्यामा संलग्नसुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामीलाई २४ घण्टाभित्रै पक्राउ गरेको थियो । पुर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाइ मादक पदार्थ सेवन गराई नजिकै रहेका प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गरी हत्या गरेका थिए ।

अपराध (१२) : आमाको हत्यापछि छोराले पनि घाँटी रेटेर आत्महत्या गरे

मोरंगको बेलवारी नगरपालिका ४ काकुम बुधबारेका ३० बर्षिय जिवनबहादुर लिम्बुले १५ जेठ बिहान साढे ११ बजे ईँटा प्रहार गरेर आफनै आमा ५५ बर्षिया देवी कुमारी लिम्बुको हत्या गरे । त्यसपछि आफुले पनि चक्कुले घाँटी रेटेर आफैले आत्महत्या गरे । खाना खान बोलाउदा एक्कासी आवेगमा आएका छोरा जिवनले आमा देवकुमारीलाई घरको भन्साभित्रै निधारमा ईटा प्रहार गरेका थिए । ईँटा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि जिवनले छिमेकीको घरमा गएर धारिलो हतियारले आफनो घाँटी आफैले रेटेर आत्महत्या प्रयास गरेका थिए । उनको उपचारका क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा दिउँसो साढे १२ बजे मृत्यु भएको थियो । स्थानियका अनुसार जिवन लागू औषध सेवन गर्ने गर्दथे । लागू औषधको नशाकै सुरमा आमालाई मारेर आफुले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको शंका छ ।

टिप्पणीहरू