आइएमई पेमार्फत फोनपे क्युआर स्क्यानमा एक लाख जित्ने मौका

आइएमई पेमार्फत फोनपे क्युआर स्क्यानमा एक लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच नयाँ समझदारी भएको छ । जसअनुसार क्युआर स्क्यानमा एक लाख रुपैयाँसम्म जित्न सकिने अवसर छ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।

नेपालीहरुको महान चाडपर्वको अवसरमा फोन पेले दशैँमा १० दिनको र तिहारमा पाँच दिनको अफर सार्वजनिक गरेको हो । जसमार्फत् प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन् ।

त्यसैगरी असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्याउनुका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

आइएमई पेको बारेमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयोट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सेवा सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने कम्पनीको लक्ष्य छ ।

टिप्पणीहरू