गण्डकीका कर्मचारीले ६० वर्षसम्म जागीर खान पाउने

गण्डकीका कर्मचारीले ६० वर्षसम्म जागीर खान पाउने

अब गण्डकी प्रदेशका कर्मचारीको अवकास उमेर बढेर ६० वर्ष भएको छ । प्रदेश सरकारले हालै जारी गरेको निजामती प्रदेश कर्मचारी अध्यादेशमा उक्त व्यवस्था गरिएको छ ।

कर्मचारीको अवकास उमेर यसअघि ५८ वर्ष थियो । अध्यादेशमा अबदेखि प्रदेश सचिव प्रदेश सरकारले नियुक्त गर्ने, संघले तोकेको व्यवस्था अस्वीकार गर्ने भनिएको छ । स्थानीय तहका कर्मचारीको सरुवा अधिकार पनि प्रदेशले नै राखेको छ ।

हालसम्म अन्य प्रदेश सरकारले गर्न नसकेको निजामती कर्मचारी सम्बन्धी नयाँ व्यवस्था गण्डकीमा भएको छ । यसअघि बागमती प्रदेशले ल्याउन खोजेको अध्यादेश अहिले होल्डमा राखिएको छ ।

टिप्पणीहरू