सभामुखको जागिर बाँकी छ कि सकियो ? : अध्यक्ष तिमिल्सिना, हाम्ले भन्न मिल्दैन : निर्वाचन आयोग

सभामुखको जागिर बाँकी छ कि सकियो ? : अध्यक्ष तिमिल्सिना, हाम्ले भन्न मिल्दैन : निर्वाचन आयोग

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अस्ति शुक्रबार निर्वाचन आयोगसँग सोधेको पत्रको जवाफ आयोगले फर्काएको छ । अध्यक्ष तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाल सकिएको हो वा होइन ? भनेर निर्वाचन आयोगलाई उपसचिवमार्फत सोध्न लगाउनुभएको थियो ।

आयोगले पनि निर्णयानुसार भनेर झटपट जवाफ दिएको छ । गत शुक्रवार अध्यक्षको निजी सचिवालयले लेखेको पत्र र आयोगले पठाएको पत्रवारे संसद सचिवालयका कुनै पनि कर्मचारीलाई पत्तोसमेत नदिइएको बुझिएको छ ।

आयोगले दिएको जवाफमा ‘नेपालको संविधान,प्रचलित कानुन र पुराना अभ्यासको आधारमा हुनुपर्ने र आयोगले यसको जवाफ भन्न नमिल्ने’ उल्लेख छ । किनभने २०७४ को नजिरलाई हेर्दा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेपछि सभामुख र उपसभामुखको कार्यकाल सकिने एमाले निकट कानुन व्यसायीहरुको मत रहँदै आएको छ ।

सभामुख र उपसभामुखको कार्यकालबारे राष्ट्रिय सभाका अध्यक्षले सोध्ने र आयोगले चतुर ढंगले जवाफ दिने काम भएको बताइन्छ । त्यसमा पनि आयोगको जवाफी पत्रमा ‘आयोगको निर्णयानुसार’ भनिएकाले कर्मचारीलाई झस्काएको हो । केही दिन पहिले सभामुख सापकोटाले एउटा बैठक राखेर कर्मचारीको सरुवा र बढुवा गर्नुभएको थियो । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म आफ्नो र उपसभामुखको कार्यकाल रहने मान्यताले घर गरेको उहाँ निकट स्रोतको भनाइ छ ।

तर उक्त बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अनुपस्थित हुनुभयो । उहाँका सचिव र संसद सचिवालयका महासचिव पनि बैठकमा अनुपस्थित रहे । जबकि महासचिवले नै त्यस्तो बैठक बोलाउने चलन छ ।

टिप्पणीहरू