हिजो आउनेको ओइरो, अब जानेको पहिरो

हिजो आउनेको ओइरो, अब जानेको पहिरो

ताँती कसेर भारतबाट घर फिरेका ती नेपालीको अब उता जागिर शुरु भयो । त्यसरी काममा फर्किन चाहने नेपाली कामदारलाई भारतले आफ्नो सीमा नाकामा सहज प्रवेश दिन्छ कि दिँदैन प्रतीक्षाको विषय छ ।

विश्वका विभिन्न मुलुकमा तालिम, शिक्षण र बृत्ति विकासका दौरान पुगेर हवाई यातायात अवरुद्ध हुँदा रोकिएका नेपाली सेनाको विभिन्न दर्जाका अधिकृतहरु स्वदेश फर्किने ताँती चलेको छ ।

कोरोना संक्रमणका कारण सेनाहरु त्यसरी फर्किन थालेका हुन् ।

त्यसक्रममा बंगलादेशमा स्टाफ कलेज गर्न गएका ४ अफिसर र २ तल्लो दर्जाका सैनिक कर्मचारी आइतबार फिर्ता भए । त्यहाँबाट फिर्ता भएका अफिसर मेजर र क्याप्टेन तहका हुन् । योभन्दा माथिल्लो तहका अफिसरहरु कोही बोर्डर नजिकैको बिमानस्थल प्रयोग गरेर फर्किए भने कोहीचाहि अन्य मुलुकबाट फर्किनका लागि उडानको प्रतीक्षामा छन् ।

अब फर्किनेको ताँती

कोरोनाको चौतर्फी महामारीसँगै मानिसहरु आ–आफ्नो थातथलो फर्किए । यसक्रममा देशका विभिन्न नाकाबाट सबभन्दा बढी संख्या थियो, भारतबाट फर्किनेको ।

अब भारतमा लकडाउन खुकुलो भएको छ । सबैखाले व्यापार,व्यवसाय,कलकारखाना क्रमशः खुकुलो हुँदै छ ।

अर्थात्, ताँती कसेर भारतबाट घर फिरेका ती नेपालीको अब उता जागिर शुरु भयो ।

त्यसैले आजभोलिबाटै उनीहरु फेरि त्यस्तै ताँती कसेर फर्किने तयारीमा छन् ।

त्यसरी काममा फर्किन चाहने नेपाली कामदारलाई भारतले आफ्नो सीमा नाकामा सहज प्रवेश दिन्छ कि दिँदैन प्रतीक्षाको विषय छ ।

तर,निम्न ज्यालादारी मजदुर तहका ती नेपालीसँग उतै फर्किनुबाहेक अरु विकल्प पनि छैन ।

सेनासँग नमिल्दा कुरा

सेनाको विश्वव्यापी परिभाषित मान्यता हुन्छ, राष्ट्रिय सुरक्षा र वाह्य युद्धमा भूमिका खेल्ने ।

तर,नेपालमा नागरिक तहका अति सामान्य विषय वा संक्रमणका कुरामा पनि भएका अन्य अंगहरुलाई विश्वास नगरिने र सेनानिर्भर हुने कार्यशैली समस्याका रुपमा अगाडि आएको छ ।

अहिलेको कोभिड– १९ को जोखिम व्यवस्थापन दौरान सरकारले चालेका कतिपय कदम विपद व्यवस्थापनका लागि तयार पारिएका राज्यका स्थायी अंगहरुलाई नजरअन्दाज गर्दै अगाडि बढ्दा त्यस्तो समस्या आएको हो ।

सेनाले जिटुजी प्रणालीमा चीनबाट अत्यावश्यक स्वास्थ्य उपकरण ल्यायो । तर,स्वास्थ्य मन्त्रालयले ती सबै सामान पाएको छैन । न त ती सामान सेनाले नै चलाउन पाएको छ ।

सिसिएमसी गठन भयो । त्यसमा औपचारिक प्रतिनिधित्वबाहेक गृह र स्वास्थ्य मन्त्रालयको भूमिका थिएन । जे–जे थियो, रक्षा मन्त्रालय र नेपाली सेनाकै थियो ।

काठमाडौंसहित देशका विभिन्न शहरीभेगमा लकडाउन खोल्ने पहिलो चरणको मोडालिटी कार्यान्वयनमा आएको छ ।

यस्तो भएपछि पहिलाजस्तो सिसिएमसी सक्रिय भूमिकामा छैन ।

अबचाहिँ कि स्वास्थ्य, कि गृहको विपद् व्यवस्थापन प्राधिकरणकै भूमिका हुने हो । तर, सेनाबिना सबै काम सम्पन्न हुने गरी विगतमा अभ्यास भएन ।

सेना र सरकारका केही निकायबीचको यस्तो असमझदारीले कोभिड– १९ व्यवस्थापन जटिल हुने देखिन्छ ।

टिप्पणीहरू