तिमीसँग भेटघाट गर्न बसेको …

तिमीसँग भेटघाट गर्न बसेको …

तिमिसँग भेटघाट गर्न बसेको यो दिनको
भेट्नुपर्छ सम्झना गरि यो समयको

आएर मैले लज्जालु तिमीलाई हेरिरहुँला
तिमीसँग रमाइ रमाइ यहिँ आएर बसौंला
सुनिरहन मन लाग्छ मलाई तिम्रा मिठा शब्दहरु
हेर्न मन लाग्छ तिमीले अगाडि बढाउँदा पाइलाहरु

लाज मानि लुकिरह्यौ तिमी मैले हेरिरहें
तिमी आउँछौ कि भनेर तिमीलाई बोलाइरहें
तिमीलाई यहाँ आउ भनि इशारा गरिरहें
सँधै साथमा मिलिजुली जीवन जिउन खोजिरहें

गोविन्दराज ओझा (राजन) दिपायल सिलगढी २, दिपायल, डोटी 

टिप्पणीहरू