नारायणहिटीको गेटमा राजावादीहरुको धर्ना

पहिलेको राजदरबार र अहिलेको नारायणहिटी संग्रहालयको मूल ढोका बाहिर राजावादीहरुले धर्ना दिएका छन् । दिउँसो साढे १ बजेदेखि दरबारमार्गतर्फ रहेको नारायणहिटीको दक्षिण ढोका अघिल्तिर शाही युवा शक्ति नेपालले धर्ना दिएको हो ।

राजसंस्था एवम हिन्दु अधिराज्यको माग गर्दै उनीहरुले धर्ना दिएका हुन् । उक्त संस्थका संयोजक पशुपति खड्कालगायत झण्डै दुई दर्जन धर्नामा सहभागी रहेको बताइएको छ ।

टिप्पणीहरू