भारतीयमाथि घृणा गर्ने क्रम बढेपछि क्यानाडास्थित आफ्ना नागरिकलाई सतर्कता अपनाउन सल्लाह

भारतीयमाथि घृणा गर्ने क्रम बढेपछि क्यानाडास्थित आफ्ना नागरिकलाई सतर्कता अपनाउन सल्लाह

क्यानाडामा भारतीयमाथि घृणा र अपराधको संख्या बढ्न थालेपछि भारत सरकारले त्यहाँ रहेका नागरिकलाई उचित सावधानी अपनाउन सल्लाह दिएको छ ।

क्यानाडामा भारतीयमाथि साम्प्रदायिक हिंसाका गतिविधिहरू बढेको बताइन्छ । विदेश मन्त्रालयले जारी गरेको ‘एड्भाइजरी’ मा भनिएको छ, ‘वाह्य मामिला मन्त्रालय र क्यानाडामा हाम्रो उच्च आयोग/वाणिज्य दूतावासहरूले पछिल्ला घटनाबारे क्यानाडाका सरकारी अधिकारीहरूसँग आवश्यक जानकारी लिएका छन् । आपराधिक घटनामा संलग्नहरूमाथि छानबिन र उचित कारबाही गर्न अनुरोध गरिएको छ । ती अपराधीहरूमाथि अहिलेसम्म कारबाहीको कुनै प्रक्रिया अघि बढाइएको छैन ।’

विदेश मन्त्रालयले क्यानाडा जाने विद्यार्थीहरूको बढ्दो संख्यालाई ध्यानमा राखेर त्यहाँ भइरहेका हिंसात्मक घटनाप्रति सावधानी अपनाउन र सतर्क रहन सल्लाह दिएको छ ।गत सोमबार क्यानाडामा रहेका सिखले ब्राम्पटन र ओन्टारियोमा खालिस्तानमा जनमत संग्रह गराउनुपर्ने माग गर्दै मतदान गरेका छन् । मतदानमा एक लाखभन्दा बढी सिखहरु सहभागी थिए । जनमत संग्रहको माग र आयोजना खालिस्तान समर्थक समूहको रुपमा परिचित सिख फर जस्टिस् (एसएफजे) ले गरेको हो ।

यता भारतले उक्त संस्थालाई सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ । भारतले एसएफजेलाई पृथकतावादी एजेण्डा बोकेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको बताइएको छ । तर क्यानाडाले उक्त संस्थामाथि कारबाही गर्न नसकिने बताउँदै अाएकाे छ ।

टिप्पणीहरू