दशैंको मुखमा ‘न्यूड सुपेरियर भोड्का’ बजारमा

दशैंको मुखमा ‘न्यूड सुपेरियर भोड्का’ बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । एक कार्यक्रमबीच ‘न्युड सुपेरियर भोड्का’ सार्वजनिक गरेको हो ।

चिनी नमिसाइएको, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषता रहेको न्यूड सुपेरियर भोड्का नेपालको पहिलो राइसबेस्ड भोड्का रहेको कम्पनीले जनाएको छ । अभूतपूर्व प्राकृतिक मिठास भएको र अतिरिक्त चिनी नमिसाइएको नयाँ भोड्काको ब्राण्ड नाम ‘न्युड सुपेरियर भोड्का’ राखिएको हो ।

स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिएर नयाँ उत्पादन बजारमा ल्याइको कम्पनीको दाबी छ ।

भोड्का एक ‘फन स्पिरिट’ रहेको बताउँदै नेपाली युवाबीच लोकप्रिय, गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वादलाई ध्यानमा राखेर नेपाली बजारमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको बताइन्छ ।

यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको थालनी सन् २०१९ बाट भएको जानकारी दिइएको छ । न्यूड सुपेरियर भोड्काको विकास गर्नुअघि आमउपभोक्ता र रेष्टुरेन्टमा व्यापक परीक्षण र पारखीका प्रतिक्रियालाई सुक्ष्म ढंगले बुझ्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू