प्रधानमन्त्री विरोधीसङ्ग मध्यराती बालकोटमा बातचित

प्रधानमन्त्री विरोधीसङ्ग मध्यराती बालकोटमा बातचित

एमाले अध्यक्ष केपी शर्मा ओली अरु दलका नेता,कार्यकर्तालाई भक्तपुर बालकोटस्थित निवासमा बोलाएर छलफलमा ब्यस्त हुन थाल्नुभएको छ । ओली निवासमा पछिल्लो पटक काँग्रेसको सत्ताइतर खेमाका नेता तथा कार्यकर्ताको आउजाउ पनि बाक्लै देखिन्छ ।

यसवीच नेपाली काँग्रेस (बीपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल हिजो साँझ साढे ७ बजे बालकोट पुगेर राति पौने १० बजे फर्केका छन् । उनले अध्यक्ष ओलीसँग झण्डै दुई घण्टा एक्लै छलफल गरेको बताइन्छ ।

मल्ल पहिले नेपाली काँग्रेसका जिल्ला नेता थिए । उनी काँग्रेस विभाजन भएर बनेको नेपाली काँग्रेस बिपीतर्फ लागेपछि उपसभापति बने । उनको जिल्ला पनि प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरा नै हो । मल्ल देउवाका प्रखर विरोधीको रुपमा परिचित छन् ।

टिप्पणीहरू