निर्वाचन आयोगको निम्तो प्रधानमन्त्रीलाई समेत

निर्वाचन आयोगको निम्तो प्रधानमन्त्रीलाई समेत

निर्वाचन आयोगले आगामी निर्वाचनलाई भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सबैजसो राजनीतिक दलको सहयोग र समर्थन खोजेको छ । उसले विशेषगरी निर्वाचन आचारसंहिताको पूर्ण पालनामा जोड दिँदै आएको छ ।

सोही सन्दर्भमा भोलि निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्नेबारे छलफल र प्रतिबद्धता जनाउन आयोजना गरिने कार्यक्रममा प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई निम्तो दिइएको छ । भोलि सोही कार्यक्रममा सहभागी हुन काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आयोगमा आमन्त्रण गरिएको छ ।

त्यसैगरी प्रमुख राजनीतिक दलका नेताहरुलाईसमेत आयोगमा बोलाउने तयारी गरिएको बताइएको छ ।

टिप्पणीहरू