सिजीधाम, यस्ता यस्ता अनेक काम

सिजीधाम, यस्ता यस्ता अनेक काम

चौधरी औद्योगिक ग्राममा रहेका चाउचाउ, बियर, रियो, चिजबल फ्याक्ट्रीबाट निस्किएको फोहोर पानी देवचुली नपा–१ र २ मा सिधै बगाएर दुर्गन्ध फैलाउँदा स्थानीयवासी बिरामी भइरहेका छन् । फोहोर बाहिर ननिकाल्न स्थानीयले विरोध गर्दै आए पनि फ्याक्ट्रीले वडा तथा पालिकालाई रकम खुवाएर र केहीलाई जागिर लगाएर गुपचुप पार्न खोजेको छ ।

चाउचाउ बनाउँदा ५/६ दिनसम्म तेल नफेरी पुरानो र दुषित तेल प्रयोग गरिन्छ । मासु प्रयोग नगरी केमिकल (झोल) मात्रै मिसाउने गरिएको छ । नेपाल आइस बियर बनाउँदा जौ कम राखी चामल र कनिका टन्न हाल्ने गरिएको छ । कम्पनीभित्र प्रशस्त ठाउँ भए पनि कसैलाई गाडी पार्किङ दिइँदैन । लेबर/कामदारहरुलाई मोटरसाइकल, साइकल पनि बाहिर हाइवेमै राख्न लगाइन्छ । सडकबाट मोटरसाइकल र साइकल पटक–पटक हराए पनि सुनुवाइ गरिएको छैन ।

सीआईजीपी धाम मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरुसँग प्रवेश शुल्क नेपालीसँग ५० देखि १०० रुपैयाँ तथा अन्य देशका पाहुनाबाट त्यसको दोब्बर–तेब्बरसम्म असुल्ने गरिएको छ । हर्कपुरस्थित उन्नति भिलेजमा आगन्तुकहरुलाई प्रवेश गराउँदा ५० देखि १०० रुपैयाँसम्म लिइन्छ ।

मन्दिरभित्र होटल/रेष्टुरेण्ट, खाजाघरसमेत खोली मादक पदार्थ र माछा–मासु बेच्ने गरिएको छ । प्लाष्टिक/प्लाईमा विभिन्न प्रकारका पेन्टिङ बोर्ड बनाएर होटलमा आउनेहरुलाई महँगोमा बिक्री गरिन्छ । उक्त भिलेजभित्र विभिन्न जातका सिलाजस्ता धातु बनाई/बनाउन लगाई प्रतिगोटा २ देखि ३ लाखसम्ममा बिक्री गरेर पाहुनालाई ठग्दा पनि कसैले बोल्न सकेका छैनन् । बिजुली बत्ती पोलबाट डाइरेक्ट चोरी गरी फ्याक्ट्रीहरुमा प्रयोग हुने गरेको गुनासो छ ।

विनोद चौधरीले कोही कसैलाई व्यापार, व्यवसाय गर्न नदिने उद्देश्यले देवचुली गाउँपालिकामा सीजी नेट बिक्री वितरण गर्न लागेका छन् । सिआईजीपीको एरिया देवचुली गापा–१ र २ का बासिन्दालाई एक घरबाट एक नोकरी दिने भन्ने लिखित कागज हुँदाहुँदै कर्मचारीबाट पैसा लिई घुस खाएर एकै घरका पाँच जनासम्मलाई जागिर दिइएको छ । सोझासीधा जनतालाई भने बाँच्नै गाह्रो छ ।

चौधरीकै निर्देशनमा कुनै पनि व्यक्तिलाई नोकरी खुवाउनुपरे, भर्ना हुन परेमा प्रशासनको हाकिम आरके सिटौलालाई पहिला भेटेर मागअनुसारको रकम बुझाउन सके नोकरी मिल्ने, अन्यथा काम नदिने गरिएको छ ।

– कावासोतीका पत्रकारहरू

टिप्पणीहरू