धादिङ कारागारबाट १४ जना बाहिर

धादिङ कारागारबाट १४ जना बाहिर

संविधान दिवसको अवसरमा असोज ३ गते धादिङ कारागारका १४ जना कैदीबन्दीले सजायँ माफी पाएका छन् । विभिन्न कसुरमा सजायँ भुक्तान गरिरहेका १४ जनाको सरकारले कैद मिनाहा गरिदिएको हो ।

संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधि संहिताबमोजिम उनीहरूको बाँकी कैद र सजायँ मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रमुख नइन्द्र पौडेलले जानकारी दिए । कैद मिनाहा पाउनेमध्ये तीन जना महिला छन् ।

बहुविवाहमा सजायँ भुक्तान गरिरहेकाहरू हुन् । सजायँ माफी पाउनेहरूमा बहुविवाहका सबैभन्दा धेरै सात जना छन् । कर्तव्य ज्यान मुद्दाका पाँच जना, सवारी ज्यान मुद्दाका तीन जना, वैदेशिक रोजगार कसुरका एक जना छन् । हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सजायँ माफ गर्ने चलन छ ।

टिप्पणीहरू