सार्वजनिक सम्पत्ति हिनामिनामा पूर्व सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक सम्पत्ति हिनामिनामा पूर्व सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साविक घुमखहरे गाविसका तत्कालीन सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्म मोटर सिँचाइ आयोजनामा नक्कली झुट्टा बिल भरपाई बनाई चार लाख ३८ हजार पाँच सय रुपैयाँ हिनामिना गरेको भन्दै शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

साविकको गाविस सचिव खड्कबहादुर रोकाया, तत्कालीन गाविस सचिव देवीलाल सुनार, साविकको घुमखहरे गाविसका तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्ती भन्ने टोपबहादुर घर्तिमगरविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

टिप्पणीहरू