भौतिक पूर्वाधार विकास मन्त्रीकी श्रीमतीमाथि किर्तेको आरोप, विशेष अदालतमा मुद्धा दर्ता

भौतिक पूर्वाधार विकास मन्त्रीकी श्रीमतीमाथि किर्तेको आरोप, विशेष अदालतमा मुद्धा दर्ता

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीकी श्रीमतीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएको आरोप लागेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकास्थित श्री शिव माध्यमिक विद्यालय देवरियाकी शिक्षिकासमेत रहेकी मन्त्रीपत्नी गीता सोडारीले नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएको भन्दै उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा परेको छ ।

गीताले आफ्नो योग्यता ढाँटेर सरकारलाई हानिनोक्सानी र्पुयाउने काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । उनले भारतबाट एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण गरेको प्रमाणपत्रहरु नक्कली बनाएको अख्तियारको आरोप छ ।

आरोपी गीताविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।

टिप्पणीहरू