अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

आगामी निर्वाचनको आचारसंहिता जारी हुनैलाग्दा निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट विवरण मागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो मात्रामा बजेट रकमान्तर भएको उल्लेख गर्दै आयोगले मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आमनिर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजनाहरु बनाएर बजेट रकमान्तर गरिएको भन्दै आपत्ति जनाएका छन् ।

निर्वाचन कार्यक्रमका लागि स्वीकृत बजेटभन्दा पृथक हुने गरी कुन कुन मन्त्रालय र निकायमा के–कति रकम रकमान्तर गरिएको छ भन्ने विषयमा स्पष्ट हुन विवरण मागिएको उनले बताए ।

मन्त्रालयले बजेट रकमान्तर गर्दा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको दाबी छ ।

टिप्पणीहरू