चट्याङ्ग लागेर अनिल बिते

चट्याङ्ग लागेर अनिल बिते

सिन्धुलीमा चट्याङका कारण एक युवकको ज्यान गएको छ । दुधौली नगरपालिका–९, लालपुरस्थित निर्माणधीन रंगशालामा काम गरिरहेका युवकको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका घर भएका २१ वर्षीय अनिल भुजेल हिजो साँझ रंगशालामा काम गरिरहेको अवस्थामा चट्याङ्ग लागेर गम्भीर घाइते भएका थिए ।

त्यसपछि उनको सुमित माउण्ट हस्पिटलमा उपचार गरे पनि सोही क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू