खेल्दाखेल्दै गाडीमुनि छिरेका डेढ वर्षे बालकको किचिएर मृत्यु

खेल्दाखेल्दै गाडीमुनि छिरेका डेढ वर्षे बालकको किचिएर मृत्यु

भक्तपुरको लोकन्थलीमा गाडीले किच्दा १७ महिने बालकको ज्यान गएको छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका १७ महिना छोरा सलिन श्रेष्ठको गाडीले किचेर आज बिहान मृत्यु भएको हो ।

बालक पानी झार्न रोकिराखेको बा.५ख ७८१७ नम्बरको गाडीमुनि खेल्दाखेल्दै छिरेका थिए । चालकले सावधानी नअपनाई गाडी अगाडि बढाउँदा बालक किचिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडीले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रमम समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो । घटनापछि प्रहरी वृत थिमिबाट खटिएको टोलीले सवारीसाधन र सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–३ घर भइ हाल काठमाडौंको मूलपानी बस्ने २३ वर्षीय चालक आकाश भुजेललाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू