महेश बस्नेतको टोलीसँगै अध्यक्ष केपी ओली कमलादीमा

महेश बस्नेतको टोलीसँगै अध्यक्ष केपी ओली कमलादीमा

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो ।

आगामी निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन आवश्यक रणनीतिबारे कार्यक्रममा छलफल हुने बताइएको छ । त्यस्तै, पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम सबै जनताको मोबाइलमा पुर्याउने विषयमा समेत युवासंघले योजना बनाउने छ ।

भेलामा युवासंघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष किरण पौडेल, उपाध्यक्ष अञ्जना गुरुङ, सुमन पुरी सहभागी छन् । त्यस्तै,वरिष्ठ पत्रकार कुन्दन अर्याल,पूर्व महान्यायाधिवक्ता तथा पार्टीको कानुन विभाग प्रमुख रमेश बडाललगायतलाई विज्ञ प्रशिक्षक भनेर निम्त्याइएको छ ।

टिप्पणीहरू