ट्राफिक नियम मिचेर गाडी चलाउने २८ सय ड्राइभर कारबाहीमा

ट्राफिक नियम मिचेर गाडी चलाउने २८ सय ड्राइभर कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने झन्डै तीनहजार सवारी चालकलाई जरिवाना तिराएको छ । हिजो उपत्यकाको विभिन्न स्थानमा भएको चेकजाँचका क्रममा ट्राफिक नियम विपरित सवारी चलाउने दुई हजार ८४० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् ।

त्यसबाहेक अन्य ट्राफिक नियम उलंघन गरेका दुई हजार ३३५ जना सवारी चालकलाई पनि कारबाही गरेको ट्राफिक कार्यलये जनाएको छ ।

टिप्पणीहरू