प्रहरीको चेकिङ देखेपछि एक डिब्बा गाँजा छोडेर चालक फरार

प्रहरीको चेकिङ देखेपछि एक डिब्बा गाँजा छोडेर चालक फरार

प्रहरीले चितवनको भण्डाराबाट तीन क्विण्टल गाँजा बरामद गरेको छ । भण्डारा चोकमा चेकजाँचका लागि बसेको प्रहरी टोलीले भारतीय डिब्बा ट्रकमा पश्चिमतर्फ लैजाँदै गरेको उक्त गाँजा नियन्त्रणमा लिएको हो ।

प्रहरीको चेकिङ देखेपछि चालक भने ट्रक त्यही छोडेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएको छ भने चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय भण्डाराको टोलि खटिएको छ ।

टिप्पणीहरू