भारतीयहरु बेलायतमै असुरक्षित

भारतीयहरु बेलायतमै असुरक्षित

भारतीय विदेशमन्त्री एस. जयशंकरले बेलायती समकक्षीसँगको भेटमा बेलायतमा भारतीय समुदायको सुरक्षा र कल्याणबारे चासो र चिन्ता लिएका छन् ।

विदेशमन्त्री जयशंकरले न्यूयोर्कमा बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीसँगको छलफलमा उक्त चासो व्यक्त गर्दै संयुक्त अधिराज्यका धेरै भागमा भारतीय समुदायविरुद्ध जारी हिंसाको विरोध गरेका हुन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका जयशंकरले सोहीक्रममा बेलायती समकक्षीसँग भेट गरेको बताइएको छ ।

बेलायती उपनिवेशबाट मुक्त भारतीय जनताले विगत लामो सयमदेखि विश्वका अन्य देशको तुलनामा आफूहरुलाई संयुक्त अधिराज्यमा धेरै सुरक्षित महशुस गर्दै आएका थिए । तर, अहिले उक्त अवस्थामा परिवर्तन आएपछि भारत सरकारले औपचारिक रुपमा कुरो उठाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

टिप्पणीहरू