चितवनमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

आज साँझ चितवनमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । वीरगञ्जबाट नारायणगढतर्फ आइरहेको ट्याङ्करको ठक्करबाट भरतपुरबाट टाँडीतर्फ गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको बताइन्छ ।

ना. ७ ख ३७२३ नम्बरको ट्याङ्करले बा.८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर ९ गोन्द्राङका ६१ वर्षे प्राण जबरा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा साँझ ८ बजे चितवन मेडिकल कलेजमा उनको निधन भएको हो ।

टिप्पणीहरू