लिंक इन्टरनेशनलमाथि करोडौं असुलेको आरोप,विभाग बेखबर

लिंक इन्टरनेशनलमाथि करोडौं असुलेको आरोप,विभाग बेखबर

काठमाडौंको बसुन्धरास्थित लिंक इन्टरनेशनल प्राइभेट लिमिटेडमाथि वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै सर्वसाधारणबाट करोडौं रकम असुलेको आरोप लागेको छ । वैदेशिक रोजगारीका निम्ति पोर्चुगल पठाउने आश्वासन दिएर उक्त कम्पनीका सञ्चालक कमल काफ्लेले करोडौं रुपैयाँ असुलेको बताइन्छ ।

पैसा र राहदानी लिएको महिनौँ दिन बित्दा पनि विदेश नपठाएपछि पीडितहरु मर्कामा परेका छन् । प्रतिव्यक्ति १६ लाख रुपैयाँमा पोर्चुगल पठाइदिने भन्दै पहिले तीन लाख रुपैयाँ र राहदानी लिइसकेका काफ्लेलाई अहिले ‘निल्नु न ओकाल्नु’ भएको छ । त्यसमाथि पनि आफ्नो नाता पर्ने ज्वाईंसमेत रहेका पाटर्नर सुजन भट्टराई पक्राउ परेपछि उनी झनै समस्यामा परेका हुन् ।

जिनियस एजुकेशन एण्ड कन्सल्टेन्सी प्रालि सञ्चालन गर्दै आएका भट्टराई र काफ्ले पाटर्नर रहेको र उनीहरुबीच युरोप पठाउँदा हुने आम्दानी भाग लगाउने सम्झौता भएको बताइएको छ । आफू पनि मुछिने डरमा परेपछि काफ्ले तीन दिनअघि दुबई उडिसकेका छन् । उनी विशेष काम परेर आकस्मिक दुबईका लागि निस्किएको कम्पनीका एक कर्मचारीले बताए ।

झण्डै तीन सय जनासँग राहदानी र पैसा लिएका काफ्लेले लामो समयदेखि विदेश पठाउने आश्वासन दिँदै आएका थिए । तर,विदेश जाने टुङ्गो नलागेपछि मात्र पीडितहरुले आफू ठगिएको थाहा पाएका हुन् । त्यसपछि म्यानपावरमा पीडितहरुको भीड लागेको हो । मलेसियालगायत अन्य खाडी मुलुक पठाउन स्वीकृति पाएको लिंक इन्टरनेशनलले सुजनसँग मिलेर ठगी गरेको पीडितहरुको आरोप छ ।

उनले खाडीका मुलुकमा पठाउन पनि मोटो रकम लिएको बताइएको छ । सरकारले भीसा शुल्क निःशुल्क भनेका मुलुकमा पठाउनसमेत काफ्लेले चर्को शुल्क असुल्ने गरेका थिए । पोर्चुगल पठाउन लिएको करोडौं रकम जग्गामा लगानी गरेको र हाल जग्गा खरिदबिक्रीमा मन्दी आएकाले उनलाई रकम फिर्ता गर्न धौधौ परेको स्रोतको दाबी छ ।

‘आज दिउँसो झण्डै तीन सय जना उजुरी दर्ता गराउन आएका थिए । तर, उनीहरुसँग कुनै प्रमाण थिएन । कसैले नामसमेत राम्रोसँग भन्न सकिरहेका थिएनन्, त्यसैले उजुरी दर्ता भएन । उनीहरुसँग छलफल गरेर सूचना जारी गरिसकेका छौं’,

रकम फिर्ता गर्न नसकेपछि चारैतिरबाट घेरिएका हुन् । पीडितले लगातार रकम मागिरहँदा उनी तनावमा देखिएका छन् । पीडित सर्वसाधारणलाई जसोतसो टार्दै आएका उनले पछिल्लो समय थर्काउन थालेको बताइन्छ । पीडितलाई ‘जे पनि गर्न सकिने भएकाले सकेको गरेर देखाउन’ उनले पटक पटक धम्की दिएका हुन् ।

वैदेशिक रोजगार विभागको उजुरी शाखाका अधिकृत विश्वान्तर सुकुभुटुले आफूलाई यसबारे केही जानकारी नभएको बताए । लिंक इन्टरनेशनलविरुध्द हालसम्म कुनै पनि उजुरी नपरेकाले यस विषयमा विभागले आफ्नो धारणा राख्न नमिल्ने उनको भनाइ छ । आज दिउँसो झण्डै तीन सयको हाराहारीमा पीडितहरु उजुरी दिन पुगे पनि उनीहरुलाई म्यानपावरको नामसमेत थाहा नभएकाले उजुरी दर्ता गर्न नमिलेको उनले जानकारी गराए ।

‘आज दिउँसो झण्डै तीन सय जना उजुरी दर्ता गराउन आएका थिए । तर, उनीहरुसँग कुनै प्रमाण थिएन । कसैले नामसमेत राम्रोसँग भन्न सकिरहेका थिएनन्, त्यसैले उजुरी दर्ता भएन । उनीहरुसँग छलफल गरेर सूचना जारी गरिसकेका छौं’, उनले भने । केही जाँचबुझ नै नगरी अन्धो भएर पैसा र राहदानी थमाउने प्रवृत्तिका कारण पछिल्लो समय वैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरु ठगिने क्रम बढेको उनको बुझाइ छ ।

सुकुभुटुले यस विषयमा अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएका छन् । यता, लिंक इन्टरनेशनलका सञ्चालक कमल काफ्लेले आफूमाथि लागेको आरोप झूठो भएको दाबी गरेका छन् । आफू भागेको भन्दै अफवाह फैलाउने काम भइरहेको उनले बताए । उनले आजसम्म युरोप पठाइदिन्छु भनेर एक रुपैयाँ पनि नलिएको दाबी गरे ।

कसैले त्यसबारे सप्रमाण उजुरी गरेमा आफू त्यसको सामना गर्न तयार रहेको उनी बताउँछन् । धेरै कामदार पठाउने सूचीको चार शीर्ष स्थानमा परेकाले आफ्नो छविमाथि दाग लगाउन खोजिएको उनी बताउँछन् । तीन सय जनामध्ये १० जना पीडितलाई आफ्नो अघिल्तिर उभ्याइदिन सञ्चालक काफ्लेले चुनौतीसमेत दिएका छन् ।

नेपाल फर्किनेबित्तिकै आफ्नो छविमाथि लाञ्छना लगाउनेमाथि कानूनी उपचारमा जाने उनले बताए । नातेदार पर्ने भन्दैमा मनलाग्दी आरोप लगाउन नपाइने उल्लेख गर्दै काफ्लेले आफ्नो गल्ती भएमा सजाय भोग्न तयार रहेको सुनाए । ‘म आफैं पीडितको खोजीमा छु’, उनले भने,‘जसले पीडित भेट्नुहुन्छ मेरो सम्पर्कमा ल्याइदिनुहोला । म उहाँहरुका लागि २४ घण्टा उपलब्ध हुनेछु ।’

यता, कम्पनीका म्यानेजर प्रकाश पौडेलले पनि संस्थामाथि लागेको आरोप झुठो भएको बताएका छन् । संस्थाले पूर्व श्रम स्वीकृति नलिई कुनै पनि काम नगरेको उनको भनाइ छ । सञ्चालक काफ्लेका ज्वार्इं भनिएका सुरज गत वैशाखमा ठगीको आरोपमा समातिएका थिए । अष्ट्रेलिया बस्दै आएका उनले दुई वर्षअघि बुटवलमा कन्सल्टेन्सी सञ्चालनमा ल्याएका थिए ।

कोरोना महामारीपछि गत वैशाखमा नेपाल फर्किने क्रममा युवाहरुले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका हुन् । त्यसपछि वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई कैद सजाय सुनाएको थियो । हाल सजाय भुक्तान गरिरहेका छन् । नेपाली कांग्रेस निकट सञ्चालक काफ्ले वैदेशिक रोजगार व्यवसायी महासंघका पदाधिकारीसमेत हुन् ।

टिप्पणीहरू