उपराष्ट्रपति सोल्टी होटल पुग्नुभयो

उपराष्ट्रपति सोल्टी होटल पुग्नुभयो

उपराष्ट्रपति नन्दबहादुर पुन ताहाचलस्थित सोल्टी होटल पुग्नुभएको छ । उहाँ काठमाडौंस्थित दक्षिण कोरिया दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएको हो ।

आज काठमाडौंमा दूतावासले दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा स्वागत कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ ।

सोही कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि हुनुहुन्छ । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सरकारी उच्च पदस्थ अधिकारीहरु, काठमाडौंस्थित विभिन्न मुलुकका कुटनीतिज्ञहरुको सहभागिता रहेको बताइन्छ ।

टिप्पणीहरू