विश्वविद्यालयमा राष्ट्रपतिको पुत्ला जलाइयो

विश्वविद्यालयमा राष्ट्रपतिको पुत्ला जलाइयो

सतारुढ गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले राष्ट्रति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हातामा आज साँझ पुत्ला दहन गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सत्तागठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरुले विरोध कार्यक्रम नै तय गरेका छन् । सोहीबमोजिम पुत्ला दहन गरिएको उनीहरुले बताए ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियनहरुको त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा आज पुत्ला जलाइएको हो ।

आज दिउँसो पनि उनीहरुले माइतीघरलगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू