ट्रकभरि सामान छ, बिल बिजक छैन

ट्रकभरि सामान छ, बिल बिजक छैन

पर्सामा बिल विजकभन्दा बढी खुद्रा तथा औषधि सामग्री बोकेको दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाका दुई स्थानबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गएराति ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नेपाल ट्रान्सपोर्टबाट ल्याइएका सामान शंकास्पद देखिएपछि उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । त्यस्तै, अस्ति राति पनि बिल विजक भन्दा बढीका हार्डवेयर र खुद्रा सामान बोकेको ना.२ ख ४८३१ नम्बरको मालवाहक मिनी ट्रकलाई पनि सोही नगरपालिका–१० बाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

दुई ट्रकबाट बरामद गरिएको सामानको बजार मूल्य दुई करोड १० लाख २८ हजार ५१३ अनुमान गरिएको छ । दुवै ट्रकलाई बरामद सामानसहित नियन्त्रणामा लिई आवश्यक अनुसन्धानका निम्ति आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाइएको छ ।

टिप्पणीहरू