दैलेखमा पनि मोटरसाइकल चोरको बिगबिगी

दैलेखमा पनि मोटरसाइकल चोरको बिगबिगी

दैलेखमा मोटरसाइकल चोरेको आरोपमा चार जना समातिएका छन् । गुराँस गाउँपालिका–१, पातल खोला बस्ने भुपेन्द्र बहादुर रामजाली र सेते बिकको मोटरसाइकल चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का विनोद शाही, रितिक शाही, दिनेश शाही र १६ वर्षीय किशोर हुन् । उनीहरुले भुपेन्द्रको घरको बरण्डामा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरभित्र राखिएको क.प्र.०२–००१ प २०९ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ ।

ह्यान्डिल लक तोडेर तारहरु डाईरेक्ट जडान गरि मोटरसाइकल चोरेर भाग्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार किशोर र दिनेश भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा भेटिएका हुन् ।

टिप्पणीहरू