जंगी अड्डामा चार वटै सुरक्षा निकायका प्रमुखहरुको भेला

जंगी अड्डामा चार वटै सुरक्षा निकायका प्रमुखहरुको भेला

नेपाली सेनाको मुख्यालय, भद्रकालीमा सबै सुरक्षा निकायका प्रमुखहरु भेला भएका छन् । आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नेबारे छलफल गर्न सबै सुरक्षा निकायका प्रमुखहरुको छलफल डाकिएको बताइएको छ ।

बैठकमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको छ ।

सो अवसरमा नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको सेनाले जनाएको छ । मुलुकको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रमुखहरुले आसन्न निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था गरिने सम्बन्धमा छलफल भएको बताइन्छ ।

टिप्पणीहरू