लुम्बिनीमा डेंगु संक्रमित ३ को मृत्यु

लुम्बिनीमा डेंगु संक्रमित ३ को मृत्यु

लुम्बिनी प्रदेशका डेंगु संक्रमित तीन जनाको ज्यान गएको छ । हालसम्म प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित उनीहरुको उपचारको क्रममा निधन भएको हो ।

लुम्बिनी स्वास्थ्य निर्देशनालयले पाल्पा, दाङ र बर्दियाका एक÷एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्ध हुन् ।

निर्देशनालयले लुम्बिनीमा हालसम्म दुई हजार ६८३ जनामा डेंगु फेला परेको बताएको छ । गत भदौमा संक्रमण बढेपछि त्यसयता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमासमेत डेंगु संक्रमितहरूको चाप बढेको छ । बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालयले जनाएको छ ।

टिप्पणीहरू