मुटु दिवसको अवसरमा नर्भिक अस्पतालको उल्लेख्य छुट
नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसको अवसरमा हेल्थ प्याकेजमा धेरै छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको विश्व मुटु दिवसको अवसरमा हेल्थ प्याकेज खरिद गर्दा ३५ प्रतिशतसम्म छुटको विशेष अफर सार्वजनिक गरेको छ ।
उक्त प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणमा तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । उक्त छुट सम्बन्धी व्यवस्था लागू भइसकेकाले आगामी एक महिनाभित्र हेल्थ प्याकेज खरिद गर्नेले छुट पाउनेछन् ।
विश्व मुटु दिवसको अवसरमा डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायत जाँच छन् । ती जाँचमा लाग्ने साबिकको शुल्कमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको अस्पतालले बताएको छ ।
टिप्पणीहरू