अदालतका अढाइ सय बढी कर्मचारीको सरुवा

अदालतका अढाइ सय बढी कर्मचारीको सरुवा

सर्वाेच्च अदालतले ठूलो संख्यमा कर्मचारीहरुको सरुवा गरेको छ । अदालतको हिजोको निर्णयानुसार अढाइ सय बढी राजपत्र अनंकित नायब सुब्बा र श्रेणीविहीन कर्मचारीहरुको सरुवा गरिएको छ ।

सर्वोच्च प्रशासनले आज सरुवा भएका कर्मचारीको नामावली प्रकाशित गरेको छ । सरुवामा विभिन्न जिल्ला अदालतका कर्मचारीलाई अन्य जिल्लामा पठाइएको छ ।

यसरी सरुवा हुनेमा नायब सुब्बा, कम्प्युटर अपरेटर, डिठ्ठा, तामेलदार र कार्यालय सहयोगी गरी दुई सय ६४ जना छन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/09/Sarbochcha-Karmachari-Saruwa.pdf”]

टिप्पणीहरू