मध्यरातमा बन्दुक देखाउँदै लुटपाट, घरका सबै बन्धक

मध्यरातमा बन्दुक देखाउँदै लुटपाट, घरका सबै बन्धक

बाँकेको कोहलपुरमा गए राति बन्दुक देखाएर लुटपाट गरिएको छ । मध्यरातमा कोहलपुर नगरपालिका ८ स्थित वीरेन्द्रजंग शाहीको घरमा अज्ञात समूहले बन्दुक देखाएर लुटेको हो ।

उनीहरुले घरका सबैलाई बन्धक बनाएर १० तोला सुन र दुई लाखबढी नगद लुटिएको प्रहरीले जनाएको छ । मध्यरातमा झण्डै एक दर्जनको समूहले सबैलाई बन्दुक देखाएर तर्साएका थिए ।

लुटेराले फरार हुनुअघि उनीहरुलाई घर बाहिरबाट थुनिदिएका थिए । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू