जनआस्था वरपर ‘शंकास्पद’ गतिविधि

जनआस्था वरपर ‘शंकास्पद’ गतिविधि

ललितपुरको झम्सिखेलस्थित ठाडोढुंगा नजिकै रहेको जनआस्था प्रकाशन वरपर केही समयदेखि शंकास्पद ओहोरदोहोर देखिएको छ । अपरिचित व्यक्तिहरुको अस्वाभाविक गतिविधि र नियमित आउजाउले वातावरणलाई शंकास्पद बनाएको छ ।

गत भदौ १३ गते जनआस्थाविरुद्ध जिल्ला अदालत,लगनखेलमा गाली बेइज्जती मुद्दा दायर भएको केही दिनपछि यस्तो गतिविधि देखिन थालेको हो । उक्त मुद्दा डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले जनआस्था प्रकाशन र यसका अध्यक्षविरुद्ध दायर गरेका थिए ।जनआस्था डट कमका सम्पादक र मार्केटिङ डिरेक्टर भन्दै क्रमशः मोहम्मद अज्माद अली र लोचन खतिवडालाईसमेत विपक्षी बनाइएको मुद्दामा जनआस्था डट कमका सम्पादक राजेन्द्र रिमाल,आस्था प्रकाशनका प्रवन्ध सम्पादक राजेन्द्र स्थापित र लेखा तथा प्रशासन प्रमुख सुरज श्रेष्ठको नाम उल्लेख छैन । विपक्षी बनाइएका अली र खतिवडा यस प्रकाशनसँग हालसम्म कुनै पनि सम्बन्धमा जोडिएका छैनन् ।

मुद्दामा जनआस्था साप्ताहिक र डट कमले गाली बेइज्जती गरेको जिकीर लिइएको छ । तर, कुन विषयमा बिना प्रमाण चौधरीलाई गाली गरियो भन्नेबारे ठोस रुपमा केही पनि उल्लेख छैन ।

टिप्पणीहरू